आगामी निर्वाचनमा एमाले दुई तीन सिटमा सीमित हुन्छ : झलनाथ खनाल (भिडिओ) – Nepal Press

आगामी निर्वाचनमा एमाले दुई तीन सिटमा सीमित हुन्छ : झलनाथ खनाल (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा एमाले दुई-तीन सिटमा समिति हुने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा समाजवादी प्रेस संगठन नेपालको बैठकलाई सम्बोधन गर्दै खनालले दुई तिहाइ नभई त्यसको उल्टो दुई–तीन सिट जित्ने दाबी गरेका हुन् ।

उनले केपी ओली नेतृत्वको एमाले गुट मात्र भइरहेको तर्क गरे । उनले हाल एमालेले गर्न सक्ने सम्भावित गठबन्धनका दलहरू लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी भएकाले उक्त गठबन्धनलाई दक्षिणपन्थी मोर्चा उपनाम दिन सकिने उल्लेख गरे । उनले पार्टीको लक्ष्य वैज्ञानिक समाजवाद नै भएको बताए ।

यस्तै खनालले छोटो समयमै आफ्नो पार्टी राष्ट्रव्यापी भएको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर