सन्दीप बने ओडीआईमा सर्वाधिक छिटो ५० विकेट लिने विश्वको दोस्रो खेलाडी – Nepal Press

सन्दीप बने ओडीआईमा सर्वाधिक छिटो ५० विकेट लिने विश्वको दोस्रो खेलाडी

काठमाडौं । नपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने नेपालका लागि एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट लिने पहिलो खेलाडी बनेका छन् ।

यस्तै उनी विश्वको सर्वाधिक छिटो ५० विकेट पुरा गर्ने दोस्रो खेलाडी बनेका छन् । सन्दीपले २२ खेलमा ५० विकेट लिएका छन् ।  यसअघि श्रीलंकाका अजन्था मेन्डीसले १९ खेलमा ५० विकेट पुरा गर्दै पहिलो खेलाडी बनेका थिए ।

घरेलु मैदानमा जारी पपुवा न्यूगिनि पीएनजीविरुद्धको खेलको १२.१ ओभरमा काल्र्स अमिनीको विकेट लिँदै ५० सन्दीपले ५० विकेट पुरा गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर