एनआरएनएमा ३ अध्यक्ष बनाउने गरी विधान संशोधन गर्न अध्यक्ष पन्तको प्रस्ताव – Nepal Press

एनआरएनएमा ३ अध्यक्ष बनाउने गरी विधान संशोधन गर्न अध्यक्ष पन्तको प्रस्ताव

काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले ३ जना अध्यक्ष बनाएर जाने अध्यक्षका प्रत्याशीहरूबीच सहमति भएकाले यो विशेष परिस्थितिमा विधान संशोधन प्रस्ताव सहज रुपमा लिइदिनु हुन आग्रह गरेका छन् ।

काठमान्डौमा जारी एनआरएनएको महाधिवेशनमा आफ्नो कार्यसमिति विघटन हुनुपूर्व बोल्दै यो पटकलाई मात्रै ३ जना अध्यक्ष बनाउने गरी जान लागिएको भन्दै विधान संशोधनका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।

नयाँ पदाधिकारी चयनका लागि संस्थापक अध्यक्ष उपेन्द्र महतोको अध्यक्षमा ७ सदस्यीय समिति समेत गठन गरिएको छ ।

बन्दशत्रले पास गरेको प्रस्ताव परराष्ट्र मन्त्रालयले स्वीकृत गरेपछि ७ सदस्यीय अध्यक्ष मण्डलले पदाधिकारी प्रस्ताव गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर