कपनमा श्रीमतीलाई सुतेकै ठाउँमा आगो लगाएर जलाउन खोज्ने पक्राउ – Nepal Press

कपनमा श्रीमतीलाई सुतेकै ठाउँमा आगो लगाएर जलाउन खोज्ने पक्राउ

काठमाडौं । आफनै श्रीमतीलाई आगो लगाएर जलाउन खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहा लाहान नगरपालिका -७ घर भएका काठमाडौंको बुढानिलकण्ठ नगरपालिका -१० कपन आकोशधारामा डेरा गरी बस्ने ४२ वर्षीय प्रविन चौधरी पक्राउ परेका हुन् ।

टिनले छाएको एक तले टहराको कोठामा शुक्रबार राति चौधरीले आफ्नै श्रीमती ३० वर्षीया अस्मिता चौधरीलाई सुतिरहेको अवस्थामा शरीरमा तारपिन तेल खनाएर आगो लगाइदिएका थिए । उनको डेरा नजिकै बस्ने महानगरीय प्रहरी पहरा गण सामाखुसीबाट मन्त्री निवास हरिहर भवन पुल्चोकमा कार्यरत प्रहरीसहायक निरिक्षक सम्योग राईले थाहा पाए ।

उनले ढोको फोडेर उद्धार गर्न महानगरीय प्रहरी प्रभाग कपनबाट खटिइको प्रहरी टोली र स्थानिय समेतको सहयोगमा उद्धार गरिउको थियो ।

घाइतेलाई उपचारको लागि साँखु स्थित सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरको बिभिन्न भागमा पोलेक प्रहरीले जनाएको छ।

चौधरीलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर