कर्णालीका १७ प्रतिशत जनताले पिउँछन् अशुद्ध पानी ! – Nepal Press

कर्णालीका १७ प्रतिशत जनताले पिउँछन् अशुद्ध पानी !

सुर्खेत । सुर्खेतको भेरिगङ्गा नगरपालिकामा वास मेलाको हात धोएर उर्जा एबम सिचाइ मन्त्री गणेश प्रसाद सिंहले उदघाटन गरेका छन् । पानी बिना संसार चल्न नसक्ने बताउँदै मन्त्री सिंहले पानीको शुद्धता बारेमा सबैले जानकारी लिनुपर्ने बताए ।

सफा पानी पिउन पाउनु हरेक नागरिकको अधिकार भएकाले त्यतातर्फ प्रदेश सरकार लागि परेको उनले बताए ।‘यसका लागि हामी सहकार्य गर्न सबै सरकार र सस्थासङ्ग हामी तयार छौँ ।’ उनले भने, ‘आगामी योजना तर्जुमा गर्दा शुद्ध पिउने जल उपलब्ध गराउने योजना बनाउनेछौ ।’

उनले शुद्ध पिउने पानीका बारेमा बहस र पैरवी गर्न आबश्यक रहेको बताउदै कर्णालीका १७ प्रतिशत जनताले असशुद्ध पानी पिउदै आइरहेको तथ्यांक रहेको बताए ।

उनले बैशाख मसान्तसम्म सम्म हरेक जिल्लाबाट अशुद्ध खानेपानी पिउने नागरिकको यकिन तथ्यांक आइसक्ने बताउँदै पुरै विवरण आइसकेपछि सरकारले हरेक नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

पानीकोश शुद्धता मापन गर्ने प्रयोगशाला स्थापना यहि वर्ष हुने बताउँदै प्रयोगशाला स्थापना भएको खण्डमा त्यसले कहाँका जनताले फोहोर पानी पिएका रहेछन् भन्ने सहजै जानकारी हुने बताए ।

मेलामा विभिन्न १० वटा प्रदर्शनी स्टल राखिएको छ । ती स्टलमा पानी सम्बन्धि विभिन्न प्रविधिको प्रदर्शन गरिएको हो ।
स्वागत मन्तव्य राख्दै उपप्रमुख रेणु आचार्यले फोहोरमैला व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर मेलाको आयोजना गरिएको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर