नेपालबाट जापान जाँदा विमानस्थलमा क्वारेन्टाइन बस्नुपर्ने बाध्यता हट्यो – Nepal Press

नेपालबाट जापान जाँदा विमानस्थलमा क्वारेन्टाइन बस्नुपर्ने बाध्यता हट्यो

जापान । जापानको विदेश मन्त्रालयले आजबाट लागू हुने गरी सिमा नियन्त्रण सम्बन्धी नीतिहरुमा परिवर्तन गर्दै सरकारले तोकेको क्वारेनटाइनमा बस्नु पर्ने देशहरुको सूचीबाट नेपाललाई हटाएको छ । योसंगै जापान प्रवेशको तयारीमा रहेका कुनै पनि नेपालीले विमानस्थलको क्वारेन्टाइन बस्नु पर्ने छैन ।

विदेश मन्त्रालयले शुक्रबार जारी गरेको सूचना अनुसार नेपाल सहित सिंगापुर, म्यानमार र मंगोलियाबाट जापान प्रवेश गर्नेहरुले सरकारले तोकेको ३ दिनको क्वारेन्टाइन बस्न पर्ने बाध्यकारी व्यवस्था हटाएको हो ।

यो संगै ३ दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने देशको सूचीमा जम्मा १० ओटा देश मात्र बाँकी रहेका छन् । विदेश मन्त्रालयका अनुसार इरान, इन्डोनेसिया, इजिप्ट, कोरिया, साउदी अरब, श्रीलंका, टर्की, पाकिस्तान भियतनाम र रसियाबाट जापान प्रवेश गर्नेहरुले ३ दिन विमानस्थलको क्वारेन्टाइनमा ३ दिन अनिवार्य बस्नुपर्ने छ ।

जापानको स्वास्थ्य तथा श्रम मन्त्रालयले दिएको जानकारी अनुसार फ़ाइजर, अस्ट्राजेनेका, मोडना र जाेनसनकाे दोश्रो डोजसम्म र फ़ाइजर र मोडाेना तेश्रो डोज लगाको भ्याक्सिन सर्टिफिकेट स्वीकृत हुनेछ । भारतले उत्पादन गरेको कोभिशिल्डलाई पनि मान्यता दिएको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विमानस्थलको क्वारेन्टाइन हटेपनि ७ दिन होम क्वारेनटाइन बस्नुपर्ने छ तर माथि उल्लेखित खोपको पूर्ण डोज लगाएकाहरुको हकमा भने होम क्वारेन्टाइन बस्न नपर्ने जापानको स्वास्थ्य तथा श्रम मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *