पीएनजीविरुद्ध दोस्रो खेल खेल्दै नेपाल – Nepal Press

पीएनजीविरुद्ध दोस्रो खेल खेल्दै नेपाल

काठमाडौं । नेपालले पपुवा न्युगिनि(पीएनजी)सँगको दोस्रो एकदिवसीय खेल आज खेल्दैछ ।

त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ । पहिलो खेलमा २ सय ९३ रनको विशाल लक्ष्य पाएको नपाल पीएनजीसँग नाटकिए रुपमा ६ रनले पराजित भएको थियो । नेपालका लागि रोहित पौडेलले सतकिय इनिङ खेलेका थिए ।

आज हुने खेलका लागि नेपाली टोली जित लक्ष्य सहित मैदान उत्रिने छ । यूएईमा सम्पन्न खेलमा नेपालसँग दुई हार बेहोरेको पीएनजीलाई घरेलु टोलीलाई हराउँदा जितले थप उर्जा मिलेको छ ।

नेपालले आजको एकदिवसीय खेलपछि सोमबारदेखि घरेलु मैदानमै पीएनजी र मलेसियासँग त्रिदेशीय टी–२० सिरिज खेल्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर