विप्लव नेकपाको बैठक सुरू हुन सकेन, केन्द्रीय सदस्यलाई फकाउँदै विप्लव – Nepal Press

विप्लव नेकपाको बैठक सुरू हुन सकेन, केन्द्रीय सदस्यलाई फकाउँदै विप्लव

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जारी बैठक आज बस्न सकेन । बिहीबार महासचिव विप्लवले चुनावमा सहभागी हुनेसहितको राजनीतिक प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले धारणा राखी सकेका थिए ।

आज महासचिव विप्लवले बैठकमा उठेका प्रश्नसहित राजनीतिक प्रतिवेदनबारे स्पष्टिकरण दिने कार्यसूची थियो । तर, साँझसम्म पनि बैठक सुरु हुन सकेको छैन । बैठक सुरु नभएपछि नेताहरु गहुँ काटेर समय बिताउन थालेका छन् ।

एक केन्द्रीय सदस्यका अनुसार महासचिव विप्लवको प्रस्ताव अल्पमतमा परेपछि आज बिहानैबाट चुनाव उपयोगको विपक्षमा बोल्ने केन्द्रीय सदस्यहरुले अलग अलग छलफल गरिरहेका छन् । छलफलमा विप्लवले आफूलाई सहयोग गर्न आग्रह गरिरहेका छन् । ‘चुनाव उपयोगको विपक्षमा बहुमत भएपछि महासचिव कमरेडले बैठक रोकर एक–एक जनालाई बोलाउँदै सहयोग गर्नुस् भनिरहनुभएको छ । पार्टी चुनावमा नगए जनताबाट कट्ने भन्नुभएको छ, तर हामीले बैठकमा राखेको धारणा पनि उहासँगको छलफलमा पनि भनिरहेका छौं’ एक केन्द्रीय सदस्यले भने ।

विप्लवसँगको छलफलपछि उनले नेपाल प्रेससँग कुरा गर्दै विप्लवको तरिका आफूलाई ठिक नलागेको उनले बताए । यसअघि काठमाडौँमा बसेको सचिवलाय बैठकमा सन्तोष बुढामगरले पनि चुनाव उपयोगको विपक्षमा बोलेका थिए । विप्लवले बैठक स्थगित गरेर बुढालाई आफ्नै गाडीमा कपिलवस्तु पर्याएका थिए । कपिलवस्तु पुगेपछि बुढाले चुनाव उपयोगको पक्षमा उभिएका थिए । बैठक रोकेर चुनाव उपयोगको विपक्षमा धारणा राखेका केन्द्रीय सदस्यहरुलाई विप्लवले विश्वासन दिने गरेको एक नेताले बताए । विप्लवले जसरी पनि आफ्नो प्रतिवेदनको पक्षमा बहुमत पुर्याउन जुटेका छन् ।

बैठक रोकेर विप्लव बहिस्कारको पक्षमा उभिएका नेताहरुसँगै गहुँ काट्न जाने, सँगै खान खाने गरिरहेका छन् । उनले विचारभन्दा पनि भावनात्मक कुरा गरिरहेको एक केन्द्रीय सदस्यले बताएका छन् । अल्पमतमा परेको प्रस्ताव फिर्ता नलिएपछि विद्रोह गर्ने एक नेताले बताए ।

कुल ६८ जना केन्द्रीय सदस्यमध्ये ४० जनाले चुनाव उपयोगको विपक्षमा धारणा राखेका थिए भने चारै जना सल्लाहकारले पनि वहिस्कारको पक्षमा धारणा राखेका थिए । सल्लाहकारसहित ७२ जनाले बैठकमा धारणा राखेका थिए । जसमा ४४ जनाले चुनाव बहिस्कारको पक्षमा र २४ जनाले उपयोगको पक्षमा र बाँकीले कतैपनि धारणा राखेका थिएनन् ।

राजनीतिक प्रस्ताव (चुनाव)को पक्षमा

नेत्रविक्रम चन्द, प्रकाण्ड, सन्तोष बुढामगर, माइला लामा, अनिल विरही, उमा भुजेल, भरत बम, ॐमप्रकाश पुन, भेषराज भुसाल, एटम विसी, चिरन पुन, सुन्दर वली, विराट, सविता तामाङ, विवेक कुमाल, बलवान, तिर्थ राई, अग्नि, रामलाल विक, भगतसिंह, नन्दबहादुर बुढा, अमर झाक्री, असल क्षेत्री, प्रेम दर्नाल र सुमनसिंह ।

राजनीतिक प्रस्ताव(चुनाव)को विपक्षमा

हेमन्तप्रकाश वली, धर्मेन्द वास्तोला, चुडामणि वली आदर्श, दिपक चलाउने, प्रज्वलन विजय श्रेष्ठ, सन्देश पौडेल, मोहनलाल चन्द आधार, बलबहादुर वली, शितल, गुणराज लोहनी, ध्रुव घिमिरे विप्लव, सावित्रा दुरा, नवीन विक, बन्दु चन्द, निर्मल थमनसिंह राई,
देवनारायण शाह, आजाद केसी, खुमा सुवेदी, सुमन लिम्बू, शैलेस, पुर्ण सिंह, रुपेश , विकिरण, जुझारु, सुवास वाठामगर, विश्व संगम मुगु, नयन, शरद रसाइली, विशाल चौधरी, लालबहादुर विसि, समर शाही, सविन पोख्रेल, सरद वली, संगम कपिलवस्तु, संगम जाजरकोट, जोशिम, शशी राई, दिपेश राई, आजाद सेन, धिरिन्द्रा उपाध्यक्ष, उभार पुन, कृति वाला थापा ।

सल्लाहकार

असारे काका
चित्रबहादुर आले
दिर्घ पाण्डे
शंकर खड्का
हेम खतिवडा (अनुपस्थित)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर