सलमान खानको कन्सर्ट हेर्न प्रेम आलेले किने ५ हजारको टिकट – Nepal Press

सलमान खानको कन्सर्ट हेर्न प्रेम आलेले किने ५ हजारको टिकट

काठमाडौं । पर्यटनमन्त्री प्रेम आले भारतीय अभिनेता सलमान खानको काठमाडौंमा हुने कन्सर्टमा सहभागी हुने भएका छन् ।

उनले ५ हजार रुपैयाँको टिकट खरिद गरेको आयोजक ओडीसी इन्टरनेसनलले जनाएको छ ।

‘हामीले अनलाइन टिकट ओपन गरे लगत्तै पहिलो टिकट मन्त्रीज्यूले खरिद गर्नुभएको हो,’ कम्पनीका प्रमुख सुशान्त गुरुङले नेपाल प्रेसलाई बताए ।

आउँदो १४ जेठमा सलमानले पहिलो पटक प्रस्तुति दिँदै छन् । दशरथ रंगशालामा हुने कन्सर्टमा ५ हजार, १० हजार, १५ हजार र २५ हजार रुपैयाँ दरको टिकट राखिएको छ ।

मन्त्री आलेले सबैभन्दा सस्तो टिकट अनलाइनबाट खरिद गरेका हुन् । उनले केही दिनअघि सलमानसँग भर्चुअल कुराकानी पनि गरेका थिए ।

उनले आफू सलमानलाई नेपालको सगरमाथामा माउन्टेन फ्लाइट गराउने अफर पनि दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर