पीएनजीसँग नेपाल पराजित, खेर गयो रोहितको उत्कृष्ट सतक – Nepal Press

पीएनजीसँग नेपाल पराजित, खेर गयो रोहितको उत्कृष्ट सतक

काठमाडौं । पपुवा न्यूगिनीविरुद्धको पहिलो एक दिवसीयमा नेपाल पराजित भएको छ । युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले बनाएको उत्कृष्ट सतक नेपाललाई जित दिलाउन पर्याप्त भएन ।

त्रिवि क्रिकेट मैदानमा शुक्रबार पपुआ न्युगिनीविरुद्ध कीर्तिमानी २ सय ९३ रनको लक्ष्य पछ्याएको नेपाल ६ रनले पराजित भयो ।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनैपनि टोलीले नेपालविरुद्ध बनाएको यो अहिलेसम्मकै सबैभन्दा बढी रन थियो । नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रन जोड्यो ।

नेपालका लागि रोहित पौडेलले १ सय २६ रनको शतकीय पारी खेलेपनि जित दर्ता हुन् सकेन् । आरिफ शेखले ३४ र कुशल भुर्तेलले ३२ रन बनाए । भीम सार्कीले १७ र दीपेन्द्रसिंह ऐरीले १५ रन जोडे । पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरेको नेपाली टोली थप ९ जोड्दा ४५-३ को अवस्थामा पुगेको थियो । देव खनाल र भुर्तेल लगातार बलमा आउट भएका थिए। रोहितले आरिफसँग पाचौँ विकेटका लागि एक सय ४ रनको साझेदारी गरेका थिए ।

उक्त साझेदारीअघि नेपाल ७३-४ को स्थितीमा थियो । नेपालले छैटौँ विकेटका लागि ४० र सातौँ विकेटका लागि २५ रनको साझेदारी गरेको थियो भने अन्तिम विकेटका लागि कमलसिंह ऐरी  र सोमपाल कामीले ३५ रनको साझेदारी गरेको थियो । कमल र साेमपाल दुबैले समान १८ – १८ रन बनाए । अन्तिम ६ बलमा १०  रन आवश्यक रहेका बेला नेपालले ३ रन मात्रै जाेड्न सक्याे ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन जोड्यो ।

पीएनजीका चार्ल्स अमिनीले ७७, कप्तान असाद भालाले ६०, टोनी उराले ३८, रिले हाकुरेले ३१ र नर्मन भानुआले ४७ रन बनाए । नेपालका सोमपाल कामी, कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले २र२ तथा सन्दीप लामिछाने र पवन सर्राफले एक एक विकेट हात पारे ।

२१ रन जोड्दा पहिलो विकेट गुमाएको पीएनजीले दोस्रो विकेटका लागि ४९, तेस्रो विकेटका लागि ७४ र पाचौँ विकेटका लागि ६१ रनको साझेदारी गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर