गरिब मुलुकमा खाद्यवस्तुको थप मूल्य वृद्धि हुने इवेलाकाे दावी – Nepal Press

गरिब मुलुकमा खाद्यवस्तुको थप मूल्य वृद्धि हुने इवेलाकाे दावी

काठमाण्डौं । विश्व व्यापार सङ्गठनकी महानिर्देशक एनगोसी ओकोन्जो इवेलाले यूक्रेन सङ्कटका कारण खाद्य पदार्थको मूल्य वृद्धि भएको दावी गरेकी छन् । उनले खाद्य पदार्थको मूल्य वृद्धि भएपछि खाद्य सङ्कट पनि बढ्ने खतरा देखिएको बताएकी हुन् ।

खाद्य पदार्थमा भएको मूल्य वृद्धि र खाद्य सङ्कटको असर सबैभन्दा बढी गरिब देशहरूमा पर्न सक्ने पनि उनको भनाइ छ ।उनले भनिन्  ‘यस बारेमा हामी धेरै चिन्तित हुनुपर्दछ भन्ने मलाई लाग्छ, यसको असर विषेश गरेर गरिब मुलुकहरूमा बढी पर्दछ ।’

खाद्य पदार्थको मूल्य वृद्धि र खाद्य सङ्कटका कारण ठूलो मानवीय क्षति समेत हुन सक्नेमा पनि उनले चिन्ता व्यक्त गरेकी छन् । विश्वका धेरै देशमा खाद्य सङ्कटसँगै उर्जा सङ्कट पनि मुख्य समस्याका रुपमा देखिँदै गएको र यो अझ बढ्न सक्ने उनको भनाई छ । उर्जा सङ्कटका रुपमा उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र अभावलाई समेत संकेत गरेकी थिइन् ।

गार्जियनसँगको अन्तरवार्ताका क्रममा महानिर्देशक ओकोन्जोले दुवै सङ्कटबाट सबैभन्दा बढी पीडित हुने नै गरिब मानिस भएकाले त्यस तर्फ विश्वको ध्यान जानु पर्नेमा जोड दिईन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर