पीएनजीविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, देवको डेब्यू – Nepal Press

पीएनजीविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, देवको डेब्यू

काठमाडौं । पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा नेपाली क्रिकेट टोलीले टस जितर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।

खेल त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । यसै खेलमार्फत यू–१९ क्रिकेट टोलीका कप्तान देव खनालले नेपाली क्रिकेट टिममा डेब्यू गरेका छन् ।

हालै यूएईमा सम्पन्न आईसीसी लिग–२ अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले पीएनजीसँग खेलेका दुवै खेलमा जीत निकालेको थियो ।

नेपालको तर्फबाट कुशल भुर्तेल, देव खनाल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, भीम सार्की, अनिल शाह (विकेटकिपर), सोमपाल कामी, कमलसिंह ऐरी, सन्दीप लामिछाने र पवन सरार्फ मैदानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर