नेप्से १६ अंकले गिरावट – Nepal Press

नेप्से १६ अंकले गिरावट

काठमाडौँ । साताको अन्तिम दिन आज सेयर बजार १६.६९ अंकले घटेको छ । ०.६३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६१३ अंकमा आएको हो ।

आज २ सय २४ वटा कम्पनीको ५२ लाख ९८ हजार ५ सय ४३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार कारोबार भयो ।

बजार घटेको दिन पनि आज सबै भन्दा धेरै सेयर मूल्य राष्ट्र उत्थान लघुवित्तको वृद्धि भएको छ । सो कम्पनीको १० प्रतिशत सेयर मूल्य वृद्धि भएको हो ।

भने जीवन विकास लघुवित्तको सबैभन्दा धेरै कारोबार भएको छ । सो कम्पनीको आज ३० करोड ६३ लाख ९७ हजार ६ सय रुपैयाँको सेयर करोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर