यू–१८ महिला साफः अन्तिम खेलमा पनि हार्यो नेपाल – Nepal Press

यू–१८ महिला साफः अन्तिम खेलमा पनि हार्यो नेपाल

काठमाडौं । अग्रता जोगाउन नसक्दा यू– १८ महिला साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २–१ गोलको नतिजामा पराजित भएको छ ।

भारतको जम्सेदपुरमा सम्पन्न खेलमा नेपालले खेलको पाँचौं मिनेटमै अग्रता लिएको थियो । अमिशा कार्कीले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् ।

यस अघिका खेलको तुलानामा सुधारिएको प्रदर्शन गरेको नेपालले पाँचौं मिनेटमा लिएको अग्रता पहिलोे हाफ भरिनै कायम राख्यो ।

तर दोस्रोहाफमा अग्रता बचाइ राख्न सकेन । खेलको ६८औं मिनेटमा बंगलादेशकी कप्तान साम्स सुनाहारले बराबरी गोल फर्काइन् ।
यस्तै, ८४औं मिनेटमा साहदा अख्तरको गोल बंगलादेशको जितका लागि पर्याप्त बन्यो ।

यसअघि भएको खेलमा नेपाल बंगलादेशसँग ४–२ ले पराजित भएको थियो । यस्तै, भारतविरुद्धको दुबै खेलमा पराजित भएको नेपालले च्याम्पियनसिप जित्ने सम्भावना भने समाप्त भइसकेको छ ।

भारतविरुद्धको पहिलो खेलमा नेपाल ७–० र दोस्रो खेलमा ५–१ ले पराजित भएको थियो ।प्रतियोगिताबाट नेपाल अंकविहिन बन्दै बाहिरिएको छ ।

तालिकाको शीर्ष स्थानमा रहेको भारतले तीन खेलबाट नौ अंक जोड्दा बंगलादेशले समान खेलबाट ६ अंक जोडेको छ । डबल राउन्ड रोविन लिग पद्दतीमा भइरहेको प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले च्याम्पियनसिपको उपाधि जित्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर