सुर्खेतमा राष्ट्रिय खाद्य बैंक प्रदेश समिति गठन – Nepal Press

सुर्खेतमा राष्ट्रिय खाद्य बैंक प्रदेश समिति गठन

सुर्खेत । राष्ट्रिय खाद्य बैंक लिमिटेडको कर्णाली प्रदेशस्तरीय समिति गठन गरिएको छ ।

सुर्खेतमा सम्पन्न भेलाले कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्काको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिमा पूर्णप्रसाद पौडेल, चन्द्र थानी, शान्ति सिंह, देवप्रसाद पौडेल, भीमसेन पुन, प्रेम शाही, दीपबहादुर महतारा, हेमन्त वली, तारा गिरी, निरक वली, पूर्णप्रसाद आचार्य र यज्ञ ढकाल सदस्य रहेका छन् ।

‘पोसिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ स्थापना भएको खाद्य बैंक छिटै प्रदेशस्तरीय कार्यालय स्थापना गर्ने जनाएको छ ।

खाद्य बैंक लिमिटेडका संयोजक खड्काले किसानलाई आत्मनिर्भर बनाउन, अर्ग्यानिक र प्राकृतिक खानेकुरा उत्पादनलाई प्रोत्साहन गर्न, बिउ बिजन बैङ्क सञ्चालन गर्न, खाद्य तथा कृषि अनुसन्धानलाई जोड दिने उद्देश्यले कर्णालीमा बैङ्कको शाखा स्थापना भएको जानकारी दिइन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर