एमालेको रिपोर्ट- मधेसबाहेक ६ प्रदेशमा एमाले पहिलो, कांग्रेस दोस्रो (भिडिओ) – Nepal Press

एमालेको रिपोर्ट- मधेसबाहेक ६ प्रदेशमा एमाले पहिलो, कांग्रेस दोस्रो (भिडिओ)

काठमाडौं । नेकपा एमालेले आसन्न स्थानीय चुनावको प्रारम्भिक अभियानपछि ६ वटा प्रदेशमा पहिलो हुने आँकलन गरेको छ ।

केन्द्रीय कमिटीको बुधवार सुरु भएको बैठकमा सात वटै प्रदेशका अध्यक्षले गरेको रिपोर्टिङले एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा देखिएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए ।

मधेस प्रदेशमा भने राजनीतिक सङ्क्रमणकै स्थिति रहेकाले शक्ति सन्तुलनको टुंगो नलागेको भन्दै उनले ठोस रिपोर्ट आउन बाँकी रहेको बताए । बैठकले ११ वटा कार्यसूची पारित गरेको गुरुङले बताए ।

प्रदेश १ का तुलसीप्रसाद न्यौपाने, मधेस प्रदेशका रामअवतार यादव, वागमतीका केशव पाण्डे, गण्डकीका नवराज शर्मा, लुम्बिनीका राधाकृष्ण कँडेल, कर्णालीका विनोद कुमार शाह र सुदूरपश्चिमका दामोदर भण्डारीले रिपोर्टिङ गरेका थिए ।

बैठकमा प्रदेश अध्यक्षहरुले पार्टी प्रति तीव्र जनआकर्षण बढेको, आधारभूत तहदेखिकै कमिटीहरू चलायमान भएको र फुटको असर अत्यन्त न्यून रहेको रिपोर्टिङ गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर