नेपालमा वर्षेनि ६९ हजार क्षयरोगी थप, १६ हजारको मृत्यु (भिडिओ) – Nepal Press

नेपालमा वर्षेनि ६९ हजार क्षयरोगी थप, १६ हजारको मृत्यु (भिडिओ)

काठमाडौं । नेपालमा वर्षेनि ६९ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा सञ्जय कुमार ठाकुरले क्षयरोगका नयाँ बिरामीहरु वार्षिक रुपमा ६९ हजार थपिने गरेको र १६ हजार जनाको मृत्यु हुने गरेको बताएका छन् ।

उनले राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०७४/७५ ले नेपालमा वार्षिक नयाँ तथा पुराना गरी १ लाख १७ हजार क्षयरोगका बिरामी रहेको बताए । गत आर्थिक वर्ष २०७७/७८ को तथ्यांक अनुसार नेपालमा २८ हजार ६७७ जना बिरामीहरु मात्र उपचारको क्रममा छन् र उपचार पछि निको हुनेकोदर ७३ प्रतिशत छ ।

औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या वार्षिक रुपमा २२ सय रहेको छ ।

केन्द्रले ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने नारासहित सरकारले मार्च २४ अर्थात् बिहीबार विश्व क्षयरोग दिवस मनाउने जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर