मन्त्री आलेले सलमान खानलाई भने- तपाईंलाई माउन्टेन फ्लाइटबाट सगरमाथा देखाउन चाहन्छु – Nepal Press

मन्त्री आलेले सलमान खानलाई भने- तपाईंलाई माउन्टेन फ्लाइटबाट सगरमाथा देखाउन चाहन्छु

काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले भारतीय अभिनेता सलमान खानसँग भर्चुअल संवाद गरेका छन् । संवादका क्रममा उनले सलमानलाई माउन्टेन फ्लाइटबाट नेपालको सगरमाथा अवलोकन गर्न अफर गरे ।

‘दबंग टुर’ का क्रममा नेपाल आउने तयारीमा रहेका सलमानसँग आलेले नेपालको पर्यटन प्रवर्द्धन संवाद गरेका हुन् ।

उनले भने, ‘यो कुराकानीलाई जोडेर यदि तपाईँसँग समय भए माउन्टेन फ्लाइटबाट एभरेस्टको हवाई सफर गराउन चाहन्छु । तपाईँलाई थाहै होला, ब्रेक फास्ट इन एभरेस्ट एकदमै प्रख्यात छ ।’

जवाफमा सलमानले भने– जरुर जरुर ।

सलमानको प्रशंसा गर्दै मन्त्री आले उनको फिल्म पटक–पटक हेरेको बताए ।

‘नेपालमा तपाईँका धेरै फ्यान छन् । मैले पनि तपाईँको मैने प्यार किया, तेरे नाम बहुतबार हेरेको छु,’ आलेले भने ।

उनले बुद्ध भूमि नेपालमा सलमानलाई स्वागत गर्न आफू आतुर रहेको बताए । कुराकानीका लागि समय दिएकोमा आभार व्यक्त गरे ।

उनले सलमानलाई भने, ‘तपाईँको व्यस्त समयका बाबजुद मसँग कुरा गर्नुभएकोमा आभारी छु ।’

आलेले हिन्दी, मराठी र अङ्ग्रेजीमा संवाद गरेका थिए । सलमान भने धेरै बोलेनन् ।

सलमानलाई सगरमाथामा ब्रेकफास्ट खुवाउने भन्दै आलेले मराठीमा यस्तो संवाद समेत गरे ।

तुमी चाङ्ले हाइ ? (तपाई सञ्चै हुनुहुन्छ)

तुमी नेपाल लौकर्या  (तपाई छिटो नेपाल आउनुस्)

मीपन तुम्चा फ्यान हाइ (म पनि तपाईको फ्यान हुँ)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर