टीभीएसको नयाँ वर्ष अफर, बाइक किन्दा १ लाखसम्म छुट – Nepal Press

टीभीएसको नयाँ वर्ष अफर, बाइक किन्दा १ लाखसम्म छुट

काठमाडौं । टीभीएसले नयाँ वर्षको लागि विभिन्न अफरहरु ल्याएको छ । अफर अन्तर्गत सामाजिक सञ्जालमा जोडिनेले हरेक हप्ता ५० हजार र टीभीएसको न्यू एअरमा भाग लिँदा ५० हजारसम्म छुट पाउँने छन् ।

बाइक किन्दा १ लाखसम्म छुट पाउने व्यवस्था गरिएको टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले बताएको छ । शून्य प्रतिशत ब्याजदरमा बाइक सट्टापट्टा गरेर प्रत्यक महिना ५ हजार ९ सय ९९ रुपैयाँमा नयाँ बाइक किन्न सकिने छ ।

जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले नयाँ वर्षको योजनालाई सार्वजनिक गर्दै टीभीएसलाई नेपाली ग्राहकहरूले रुचाएकाले यो योजनाले टीभीएको बिक्रीलाई नयाँ उचाइमा पुर्‍याउने विस्वास व्यक्त गरेका गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर