आठबीसको मेयरका लागि दाबेदारको लर्को – Nepal Press

आठबीसको मेयरका लागि दाबेदारको लर्को

सुर्खेत । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा दैलेखको आठबीस नगरपालिकाको मेयरका लागि ठूला दुई दल नेकपा एमाले र नेपाली कांग्रेसमा दाबेदारको लर्को लागेको छ ।

यसअघिको निर्वाचनमा नेकपा एमालेले नगरप्रमुखसहित चार वडा जितेको एमालेमा अहिले पाँचजना दाबेदार देखिएका छन् । पुराना नेता तर्क बडुवाल, हालका नगरप्रमुख खड्गराज उपाध्याय, तेजबहादुर महतारा र ओमजंग शाहीले मेयरमा उम्मेदवारीको आश गरेका छन् । उनीहरुले लबिङसँगै प्रचारलाई पनि अघि बढाएका छन् ।

त्यस्तै नेपाली काँग्रेसबाट हालका उपप्रमुख दीपा बोहोरा, २०७४ मा पराजित उम्मेदवार प्रेमप्रकाश शाही, नगर सभापति अर्जुनबहादुर शाही, नेता भुपेन्द्रजंग शाही, वडा नं। दुईका वडा अध्यक्ष पूर्णप्रसाद खनाल र विनोद खनालले मेयरमा दाबी गरेका छन् ।

माओवादी कमजोर रहेको यस नगरपालिकामा अघिल्लो स्थानीय तह निर्वाचनमा ५० मतान्तरले मेयरमा एमालेले जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर