सेञ्चुरी बैंकको निःशुल्क दन्त शिविरमा १०८ जना लाभान्वित – Nepal Press

सेञ्चुरी बैंकको निःशुल्क दन्त शिविरमा १०८ जना लाभान्वित

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको पेप्सीकोला शाखाले हिजो एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । सो शिविरमा १०८ जना स्थानीय बासिन्दाहरुले सेवा प्राप्त गरेका छन् ।

उक्त कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर