निर्वाचनबारे जिज्ञासा भए ११०२ मा फोन गर्नुस् ! – Nepal Press

निर्वाचनबारे जिज्ञासा भए ११०२ मा फोन गर्नुस् !

काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ । निर्वाचन आयोगले निर्वाचनको तयारी तीव्र बनाइरहँदा निर्वाचनबारे गुनासो सुनुवाइका

लागि टोल फ्री नम्बरसमेत सञ्चालन गर्ने भएको छ । आयोगले निर्वाचन सम्बन्धी कुनैपनि जिज्ञासा वा गुनासो सम्बोधन गर्न चैत १५ गतेदेखि टेलिफोन हटलाइन सुरु गर्न लागेको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार नेपाल टेलिकमसँगको सहकार्यमा चैत १५ गतेदेखि ११०२ नम्बरबाट निर्वाचनसम्बन्धी गुनासो व्यवस्थापन गर्न लागिएको हो ।

‘निर्वाचनबारे कुनै जिज्ञासा वा गुनासो भएमा आम सर्वसाधारणले निःशुल्क जानकारी लिन सक्ने गरी ११०२ नम्बरको हटलाइन चैत १५ देखि सञ्चालनमा ल्याइनेछ’, प्रवक्ता पौडेलले भने ।

पौडेलका अनुसार आयोगले देशभरका सबै स्थानीय तहमा हुने मतगणनाको डिजिटल अनुगमन समेत गर्नेछ । त्यसका लागि ‘भोट काउण्टिङ म्यानेजमेन्ट सिस्टम’ सबै स्थानीय तहमा लागु गर्ने निर्णय गरिएको छ ।

आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गरी कार्यान्वयनमा समेत ल्याएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर