प्रचण्ड कांग्रेससँग लहसिएर जनयुद्धको मान्यता बिर्सेको भन्दै बागलुङ नगरका अध्यक्षले त्यागे माओवादी – Nepal Press

प्रचण्ड कांग्रेससँग लहसिएर जनयुद्धको मान्यता बिर्सेको भन्दै बागलुङ नगरका अध्यक्षले त्यागे माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रका बागलुङ नगर कमिटी अध्यक्ष इन्द्र केसी (पारस)ले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेका छन् । एमसीसी प्रकरणमा अध्यक्ष प्रचण्डको दोहोर भूमिका र राष्ट्रिय हितमा विचलन भएका कारण माओवादी केन्द्र परित्याग गरेको केसीले बताएका छन् ।

उनले माओवादीले जनयुद्धमा उठाएका मुद्दा बिर्सँदै गएपछि त्यस पार्टीमा रहनुपर्ने सैद्धान्ति, वैचारिक कारण नरहेको बताएका छन् । उनले अध्यक्ष प्रचण्डमा वामपन्थी आन्दोलनलाई बलियो बनाउन भन्दा पनि दलाल नोकरशाही पुँजिवादको प्रतिनिधिपात्र नेपाली कांग्रेससँग सहकार्य गर्ने र उससैसँग लसपसिएर सत्ताको वरिपरि रहने भत्ता संसदीय कार्यनीति अपनाएको आरोप लगाएका छन् ।

केसीले आफ्नो जीवनका उर्जाशील दिनहरु पार्टीमा खर्चिएर पनि लाभको कुनै पद नलिएको जनाएका छन् । उनी तत्काल कुनै पार्टीमा प्रवेश गरेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर