एमाले सचेतक भन्छन्- राष्ट्रियस्तरमा कुनै पार्टीसँग चुनावमा तालमेल गर्दैनौं (भिडिओ) – Nepal Press

एमाले सचेतक भन्छन्- राष्ट्रियस्तरमा कुनै पार्टीसँग चुनावमा तालमेल गर्दैनौं (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आगामी स्थानीय तहको निर्वाचनमा एमालेले एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन् । राष्ट्रियस्तरमा एमालेको कुनै पार्टीसँग तालमेल नहुने उनले स्पष्ट पारे ।

आज पार्टीको पोलिटब्यूरो बैठक सुरू हुनुअघि पत्रकारहरूसँग कुरा गर्दै सचेतक भट्टराईले यस्तो बताएका हुन् । उनले पोलिटब्यूरोको बैठक आगामी केन्द्रीय समितिको बैठकको तयारी तथा स्थानीय तहको चुनावमै केन्द्रित हुने जानकारी दिए ।

सम्भावित तालमेलका विषयमा सोधिएको प्रश्नमा भट्टराईले भने, ‘एमाले एकदम स्पष्ट छ । हाम्रो पार्टीले यो स्थानीय तहको चुनावमा राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग गठबन्धन गर्दैन । एमाले एक्लै लड्छ ।’

उनले स्थानीय आवश्यकताअनुसार कतिपय स्थानीय तहमा तालमेल र सहकार्य भने हुन सक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर