नेपालले टस जितेर बलिङ रोज्यो, तीन खेलाडी परिवर्तन – Nepal Press
आईसीसी विश्वकप लिग-२

नेपालले टस जितेर बलिङ रोज्यो, तीन खेलाडी परिवर्तन

काठमाडौं । आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले सोमबार घरेलु टोलीसँग खेल्दै छ ।

नेपाली समयअनुसार सवा ११ बजे सुरू हुने खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । टोलीमा तीन खेलाडी परिवर्तन गरिएका छन् । अघिल्लो खेलमा खेलेका सागर ढकाल, आसिफ शेख र कमलसिंह ऐरीको स्थानमा पवन सर्राफ, विक्रम सोब र विनोद भण्डारीलाई स्थान दिइएको छ ।

नेपालसामु लगातार हार टार्ने चुनौती रहने छ । पहिलो खेलमा पपुआ न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको नेपालले दोस्रो खेलमा यूएईसँग ४८ रनको हार व्यहोरेको थियो । १६९ रनको लक्ष्य नेपालले पूरा गर्न सकेको थिएन ।

शृंखलाअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले फेरि यूएईसँग खेल्न लागेको हो । शृंखलाअन्तर्गत हरेक टोलीले प्रत्येकसँग २/२ खेल खेल्नुपर्ने छ । यूएईले पहिलो खेलमा पीएनजीलाई ७ विकेटले र दोस्रो खेलमा नेपाललाई हराएको थियो । तेस्रो खेलमा भने पीएनजीसँग पराजित भएको थियो । यूएईले शृंखलाको अन्तिम खेलमा नेपालसँग खेल्न लागेको हो ।

प्रतियोगितामा १७ खेलबाट २० अंक भएको यूएई दोस्रो स्थानमा छ । १० खेलबाट १० अंक भएको नेपाल सहभागी ७ टोलीमध्ये छैटौँ स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर