प्रधानमन्त्री देउवा आज पूर्वी नेपाल जाँदै, उद्‍घाटन र शिलान्यासका व्यस्त तालिका – Nepal Press

प्रधानमन्त्री देउवा आज पूर्वी नेपाल जाँदै, उद्‍घाटन र शिलान्यासका व्यस्त तालिका

काठमाडौं । प्रधानमन्त्री शेरबादुर देउवा आज पूर्वी नेपाल जाँदैछन् । देउवा मोरङमा तीनवटा कार्यक्रममा सहभागी हुनेछन् ।

उनले सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन र वडा नम्बर ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास र निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ।

त्यसपछि देउवा खोटाङ जाने कार्यक्रम छ । उनले त्यहाँ मोटरेबल पुल उद्घान गर्ने कार्यक्रम छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका(१ याम्खा जोड्ने सडकको साप्सुखोलामा पुल बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर