एमाले पोलिट्ब्युरो बैठक बस्दै, चुनावी रणनीतिबारे छलफल हुने – Nepal Press

एमाले पोलिट्ब्युरो बैठक बस्दै, चुनावी रणनीतिबारे छलफल हुने

काठमाडौं । चुनावी रणनीति तय गर्नका लागि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को पोलिटब्युरो बैठक बस्दै छ । बैठक आज ११ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा बस्नेछ ।

चुनावी रणनीतिसँगै समसामयिक राजनीतिक परिस्थितिबारे बैठकमा छलफल हुने एमालेले जनाएको छ ।

१९ पदाधिकारी र २६ स्थायी कमिटी सदस्यसहित ९९ सदस्य रहेको पोलिट्ब्युरो बैठकमा पार्टीले चुनावका लागि लिने नीतिबारे पनि छलफल गर्ने बताइएको छ ।

पछिल्लो समय एमालेले चुनावकेन्द्रित कार्यक्रमलाई तीव्र पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर