शिक्षकलाई याैन दुर्व्यवहारकाे आरोपपछि लेटाङमा झडप, महिला प्रहरीकाे हत्या – Nepal Press

शिक्षकलाई याैन दुर्व्यवहारकाे आरोपपछि लेटाङमा झडप, महिला प्रहरीकाे हत्या

काठमाडौं । मोरङको लेटाङमा रहेको एउटा विद्यालयमा शिक्षकले विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपपछि झडप भएको छ । स्थानीयको आक्रमणमा एक महिला प्रहरीको हत्या भएको छ ।

उत्तरी मोरङको लेटाङको वडा ५ खेरुवामा रहेको शिक्षा विकास माविमा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेका शिक्षकलाई पक्राउ गर्ने क्रममा एक प्रहरीको हत्या भएको हो ।

५६ वर्षका शिक्षक मनोज पौडेल विरुद्धमा दिउँसो १ बजेबाट नाराजुलुस भएको र साँझ पक्राउ गरेर प्रहरीले लैजाने क्रममा भिड अनियन्त्रित हुँदा भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको हो ।

उनीमाथी धारिलो हतियार प्रहार भएको छ ।उनलाई उपचारका लागि सुभकामना हस्पिटल लगिएको थियो । तर अस्पताल ल्याउदै सास चल्न छाडिसकेको  सुभकामना हस्पिटलका स्टाफ अनिल चौधरी ( अकाउन्ट्टेन) ले नेपाल प्रेसलाई बताए । उनलेे भने- यहाँ ल्याउदा सास थिएन । घाटीमा धारिलो बस्तुले प्रहार गरिएको छ

लेटाङ नगरपालिकाकी उपमेयर कृष्ण कुमारी निरौलाले हत्या भएकाे पुष्टि गरिन् ।

स्थितिलाई सामान्य अवस्थामा लिन प्रहरीले हवाई फायर समेत गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *