होलीको टीकाको विषयमा विद्यार्थीहरुबीच झडप, आठ राउण्ड अश्रुग्याँस प्रहार – Nepal Press

होलीको टीकाको विषयमा विद्यार्थीहरुबीच झडप, आठ राउण्ड अश्रुग्याँस प्रहार

चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा रहेको दुधाधारी माध्यमिक विद्यालयमा विद्यार्थीहरूबिच झडप भएको छ ।

होलीको टीकाको विषयमा सुरु भएको विवादले विद्यालय परिसरमा आज दिनभर तनावग्रस्त भएको छ ।

होलीका दिन भएको विवाद मिलाउन विद्यालयले आज अभिभावकलाई बोलाएर छलफल गराउन लागेको थियो । छलफल नगरी विद्यार्थीहरू आक्रोशित हुँदै ढुङ्गा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

विद्यार्थीको दुई समूहबिच झडप हुँदा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । तनावग्रस्त भीडलाई तितरबितर पार्न प्रहरीले आठ राउण्ड अश्रुग्याँस प्रहार गरेको गणेशपुर प्रहरी कार्यालयका प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए।

विद्यालयमा रहेका एक दर्जन बढी कम्प्युटरमा क्षति पुगेको छ भने झ्याल ढोकाहरू फुटेका छन् । झडपमा आक्रोशित विद्यार्थीहरूले ढुङ्गा प्रहार गरी तोडफोड गरेका थिए ।

विद्यालय परिसर झन्डै तीन घण्टासम्म तनावग्रस्त बनेको थियो । झडपमा एक दर्जन सशस्त्र प्रहरी घाइते भएका छन् । उनीहरूको सञ्जीवनी अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ ।

अहिले अवस्था सामान्य रहेको र दुवै समूहका विद्यार्थी अभिभावकबिच छलफल गराई समस्या समाधान गरिएको छ ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर