१५ हजार रुसी सैनिकसहित २ सय बढी लडाकु विमान ध्वस्त पारेको युक्रेनको दाबी – Nepal Press

१५ हजार रुसी सैनिकसहित २ सय बढी लडाकु विमान ध्वस्त पारेको युक्रेनको दाबी

काठमाडौं । युक्रेनमाथि आक्रमण थालेपछि करिब १५ हजार रुसी सैनिक मरेको दाबी गरिएको छ । युक्रेनका सैन्य अधिकारीहरुले आफूहरुको सेनाले १४ हजार ७ सय रुसी सैनिकलाई मारेको दाबी गरेको हो ।

युक्रेनमाथि रुसले आक्रमण थालेको २५ दिन भएको छ । युक्रेनी शहर मारियुपोल, जपोरजिया र राजधानी कीभमा भीषण संघर्ष जारी रहेको बीबीसीले जनाएको छ ।

युक्रेनका सेनाप्रमुखका स्टाफको तर्फबाट गरिएको एक फेसबुक अपडेटमा अधिकारीहरुलाई उदृत गर्दै १४ हजार ७ सय सैनिक मारीएको बताइउको छ।

यसक्रममा रुसी सेनाका सरसामान पनि नष्ट भएको जनाइएको छ । जसमा ४७६ ट्यांक २ सय भन्दा धेरै लडाकु विमान, हेलिकप्टर र ड्रोन का साथै १४८७ सवारी साधन रहेको दाबी युक्रेनको छ ।

न्यूजकारखाना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर