एउटाबाट बैना लिएर अर्कैलाई जग्गा बेच्ने व्यक्ति पक्राउ – Nepal Press

एउटाबाट बैना लिएर अर्कैलाई जग्गा बेच्ने व्यक्ति पक्राउ

मोरङ । जग्गा बैना लिएर फरार भएका एक व्यक्ति पक्राउ परेका छन् ।

भक्तपुर दुवाकोटमा रहेको चार आना जग्गा प्रतिआना २१ लाखमा मोल छिनेर बैना लिएका ललितपुर–३ घर भई हाल काभ्रेपलाञ्चोक धुलिखेल बस्दै आएका ४९ वर्षीय ध्रुवप्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।

ध्रुवले बेलबारी(३ की सीमा सुवेदीसँग बैनाबापत ४५ लाख ५० हजार रकम लिएको प्रहरीले बताएको छ ।

बैना लिएर सम्पर्कमा नआएपछि भक्तपुर मालपोत कार्यालयमा बुझ्दा अर्कैको नाममा पास गरेको खुलेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले घिमिरेलाई दरबारमार्गबाट पक्राउ गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर