कौशलटारमा गुडिरहेको ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु – Nepal Press

कौशलटारमा गुडिरहेको ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु

भक्तपुर। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ कौशलटारमा गए राति गुडिरहेको ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर गाईघाट घर भई हाल ललितपुरको ईमाडोलमा बस्दै आएका १८ वर्षीय प्रदिप कार्की रहेका छन् ।

घाइते भएका कार्कीलाई उपचारको लागी महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याउनासाथ राती सवा १० बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

कार्की गएराति सवा ९ बजे ना ७ त २७७४ नम्बरको ट्रयाक्टरबाट खसेका थिए । ट्रयाक्टर सहित चालक भने महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर