ओखलढुंगाकाे नवलपुर–घोराखोरी सडक निर्माण भएपछि राजधानीको दूरी छोटियो – Nepal Press

ओखलढुंगाकाे नवलपुर–घोराखोरी सडक निर्माण भएपछि राजधानीको दूरी छोटियो

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकास्थित नवलपुर–चिप्लिङ–जल्किनी हुँदै घोराखोरी जोड्ने सडक निर्माण पछि काठमाण्डौंको दुरी छोटिएको छ । सडक निर्माण भएसँगै सो क्षेत्रका बासिन्दालाई राजधानी आवतजावत गर्ने दूरी छोटिएको हो ।

करिब ‍३० किलोमिटर लामो सडक निर्माण भएसँगै घोराखोरीबाट काठमाडौँ ५ घण्टामै पुग्न सकिने भएको छ । याे सडक निर्माण भए सँगै यहाँका स्थानीयले रामेछापकाे साँघुटार- रामेछाप हुँदै मन्थलीकाे सडक प्रयाेग गर्नु पर्ने बाध्यता हटेकाे छ । भौगोलिक विकटताका बाबजुद सडक निर्माण सम्पन्न भएको र केही ठाउँमा निकै मेहनत गरेर बक्स कटिङ समेत गरिएको गाउँपालिका अध्यक्ष नवराज केसीले बताए ।

अध्यक्ष केसीको सक्रियतामा सडक जोडिएपछि सदियौँ देखि ढाकर बोकेर भरिया हिँड्ने रुटमा सडक निर्माण भएपछि स्थानीय हर्षित भएका छन् । सो सडक चम्पादेवी गाउँपालिकाका नागरिक मात्रै नभएर जिल्लाको लिखु र खिजीदेम्बा गाउँपालिकाका साथै सोलुखुम्बुका नागरिकलाई समेत प्रयोग गर्न सहज भएको छ ।

नवलपुरमा निर्माणाधिन पक्की पुल केही महिनामा निर्माण सम्पन्न हुने निश्चित भएपछि यस सडकले यहाँका नागरिकलाई काठमाण्डौंको दुरी छोटो बनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर