सुदूरपश्चिममा छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु – Nepal Press

सुदूरपश्चिममा छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु

कैलाली । सुदूरपश्चिम प्रदेशका चार जिल्लामा भएको छुट्टा छुट्टै दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ । कैलालीमा दुई, अछाम बझाङ र डोटीमा एक÷एक जना गरी पाँच जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

शुक्रबार कैलालीको टीकापुर नगरपालिका ४ असनेरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा १७ वर्षीय अन्जील कार्की र प्रजापति चौधरीको मृत्यु हो । से ३ प ९७४६ र लु ७४ प ४०७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा अन्जीलको टीकापुरमै मृत्यु भएको हो भने प्रजापतिको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

यस्तै शुक्रबार नै बझाङको बुंगल नगरपालिका– ६ झापाबाट वडा नम्बर ४ विजगडामा जाने क्रममा सु.प्र.प.०१–०१०– प ७०९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बुंगल नगरपालिका–५ मिडीका २५ वर्षीय सुरेश कुँवरको मृत्यु भएको हो ।

उता अछाममा मङ्गलसेनबाट साँफेबगर जाने क्रममा कैलाश खोला नजिक मोटरसाइकल दुर्घटनामा हुँदा माधव शर्माको मृत्यु भएको छ ।

डोटीको आदर्श गाउँपालिका २ मा ट्याक्टरको ठक्करबाट स्थानीय ८ वर्षका बालक दुरज साउदको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर