संवैधानिक नियुक्तिविरुद्धको रिटको सुनुवाई हेर्दाहेर्दैमा – Nepal Press

संवैधानिक नियुक्तिविरुद्धको रिटको सुनुवाई हेर्दाहेर्दैमा

काठमाडौं । विभिन्न संवैधानिक आयोगका पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई आज हेर्दाहेर्दैमा परेको छ । संवैधानिक इजलासमा सुरु भएको सुनुवाई बुधबार हुने गरि हेर्दाहेर्दैमा राखिएको हो ।

आजको सुनुवाईमा वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ताहरु भीमार्जुन आचार्य र ओमप्रकाश अर्यालले बहस गरेका थिए ।

बहसका लागि रीट निवेदन पक्षका कानुन व्यवसायीहरुलाई १–१ घण्टाको समय दिइएको छ ।

आज बहसमा सहभागि कानुन व्यवसायीहरुले संवैधानिक निकायहरुमा गरिएको नियुक्ति असंवैधानिक र सत्ताकब्जाको उद्देश्यबाट प्रेरित भएको आरोप लगाएका छन् ।

संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेर गराएका नियुक्ति बदर गर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा ११ वटा रिट निवेदन परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर