जापानका प्रधानमन्त्री किसिदा फुमिओ भोलि भारत जाँदै, रुस युक्रेन युद्द सम्बन्धमा भारतले तोड्ला त मौनता? – Nepal Press

जापानका प्रधानमन्त्री किसिदा फुमिओ भोलि भारत जाँदै, रुस युक्रेन युद्द सम्बन्धमा भारतले तोड्ला त मौनता?

जापान । रुस र युक्रेनबिचको युद्दका बिषयमा भारत मौन बसिरहेका बेला जापानका प्रधानमन्त्री किसिदा फुमिओ भोलि भारत भ्रमणमा निस्कन लागेका छन् ।

जापानको विदेश मन्त्रालयले जारी गरेको सूचना अनुसार प्रधानमन्त्री किसिदाले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संग भेटवार्ता गर्ने गरी भोली भारत जान लागेका हुन् ।

दुइ देशका प्रधानमन्त्रीबीच जापान–भारत विशेष रणनीतिक विश्वव्यापी साझेदारी र स्वतन्त्र र खुला इन्डो–प्यासिफिकलाइ प्रभावकारी बनाउने बिषयमा छलफल हुने विदेश मन्त्रालयले जानकारी दिएको छ ।

रुसले युक्रेन माथि गरेको आक्रमणप्रति कडा आपत्ति जनाउदै जापानले रुसमाथि विभिन्न प्रतिबन्धको घोषणा गरेको छ। उता भारतले भने युक्रेन माथिको आक्रमणका बिषयमा मौन बसिरहेको छ । यस्तो अबस्थामा जापानका प्रधानमन्त्रीले भारतको भ्रमण गर्नुलाई ‘अर्थपूर्ण’ मान्नु पर्ने कतिपय अन्तराष्ट्रीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री फुमिओ २० तारिख नयाँ दिल्लीबाट कम्बोडिया तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । कम्बोडियाका प्रधानमन्त्री समदेछ अक्का मोह सेना पडेई टेको हुन सेन संग रुस युक्रेन आक्रमण र म्यानमारका बिषयमा समेत कुरा हुने विदेश मन्त्रालयले उल्लेख गरेको भएपनि भारतीय प्रधानमन्त्री संग यी बिषयमा कुरा हुनेनहुने उल्लेख गरेको छैन ।

तर संचार माध्यमहरुले भने अमेरिकी राष्ट्रपति जो वाइडेनले चिनिया राष्ट्रपति सी जिनपिङ्ग संग रुस युक्रेन युद्दको बिषयमा छलफल गर्ने समाचारहरु सार्वजनिक भैरहेका बेला भारत र जापानका प्रधानमन्त्रीहरु बीच पनि अनिवार्य छलफल हुने विश्लेषण गरेका छन् ।

अमेरिकाले चीनलाई रुसका लागि कुनै पनि शैन्य सहयोग नगर्न भनिरहेको छ । अमेरिका सहित युरोपियन मुलुक र जापान रुसका बिरुद्दमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर