एभरेष्ट बैंकको नयाँ शाखा थिमी र काँडाघारीमा – Nepal Press

एभरेष्ट बैंकको नयाँ शाखा थिमी र काँडाघारीमा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भक्तपुरको थिमी र काठमाडौंको काँडाघारीमा आफ्नो नयाँ शाखा उद्घाटन गरेको छ ।

थिमी शाखाको उद्घाटन एभरेष्ट बैंकका संचालक नबीनभक्त श्रेष्ठ र थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले संयुक्त रुपमा गरेका छन् । त्यसैगरी, काँडाघारी शाखाको उद्घाटन बैंकका संचालक नबीनभक्त श्रेष्ठ र कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले संयुक्त रुपमा गरेका छन् ।

उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशवराज पौड्याल, बागमती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर