माओवादीबाट राजीनामा दिएका विष्टले संसदमा सनाखत गर्दै, छिट्टै अर्को पार्टी प्रवेश गर्ने – Nepal Press

माओवादीबाट राजीनामा दिएका विष्टले संसदमा सनाखत गर्दै, छिट्टै अर्को पार्टी प्रवेश गर्ने

सुर्खेत । नेकपा (माओवादी केन्द्र)को साधारण सदस्य र कर्णाली संसदीय दलका प्रमुख सचेतकबाट फागुन २७ गते राजीनामा दिएका ठम्मर विष्ट शुक्रबार कर्णाली प्रदेशसभामा सनाखत गर्न आउने भएका छन् ।

उनले माओवादीमा नेताहरुकै हालीमुहाली हुने गरेको, पार्टी दक्षिणपन्थी भएको र लामो समय त्याग गरेका नेता कार्यकर्तालाई अवसर दिनेभन्दा पनि हुनेखाने र नेताको चाकडी गर्नेलाई मात्रै अवसर दिएको भन्दै राजीनामा दिएका थिए ।

‘म हेम्स अस्पतालबाट उपचार गराएर फर्किएको छु । आज होलीको दिन भएका कारण आज सनाखत हुँदैन’, उनले भने, ‘म भोलि नै सदनमा उपस्थित भएर सनाखत गर्छु ।’ उनले आफू अहिले कुन दलमा प्रवेश गर्ने भन्ने अन्तिम निष्कर्षमा नपुगिसकेको बताए । लामो समय राजनीति गरेको दाबी गरेका विष्टले केही समयमा नै कुन पार्टी प्रवेश गर्ने भन्ने निचोडमा पुग्ने पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर