लुम्बिनी माओवादीमय बनाउन कार्यकर्तालाई वर्षमानको निर्देशन – Nepal Press

लुम्बिनी माओवादीमय बनाउन कार्यकर्तालाई वर्षमानको निर्देशन

रुपन्देही । माओवादी केन्द्र नेता वर्षमान पुनमगरले लुम्बिनी प्रदेशलाई माओवादीमय बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । लुम्बिनी (माओवादी केन्द्र) को आधार इलाका भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा प्रदेशलाई माओवादीमय बनाउन पार्टी कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

‘माओवादी केन्द्रको आधार इलाका रुपमा विजय बनाउको लागि एक ढिक्का भएर लाग्न पार्टी कार्यकर्ताले अब ढिलाई गर्नु हुँदैन’, कपिलवस्तुमा  लुम्बिनी प्रदेश कमिटीको बैठकमा सहभागी पार्टी कार्यकतालाई उनले निर्देशन दिँदै भने ।

‘जनयुद्धको आधार इलाका लुम्बिनी प्रदेशलाई जसरी भएपनि माओवादी केन्द्रको आधार इलाका परिणत बनाउन सबै कार्यकर्ताहरु मन, बचत र कर्मले लाग्नु अहिलेको आवश्यकता हो’, पुनले भने ‘यो माओवादी केन्द्रको आधार इलाका, जनयुद्धको उद्गम प्रदेश हो, यहाँको विजयले माओवादीलाई विश्वमा चिनाउन सक्छौं यस कारण पनि प्रदेशलाई माओवादी केन्द्रको आधार प्रदेश बनाउनको लागि लाग्नुहोस् पार्टी केन्द्रले गर्ने सहयोग हरदम गर्नेछ ।’

सचेतनापूर्वक रुपमा स्थानीयत तह निर्वाचनमा पनि व्यालेटबाट माओवादी केन्द्रको आधार इलाका बनाउनको लागि लाग्नुपर्ने उनले बताए ।

वर्षमानले नेपालमा कम्युनिष्टहरुको एकताको लागि जनताले जनमत प्रदान गरेपनि नेकपा एमालेका अध्यक्ष केपी ओलीको अहंकारी प्रवृत्तिबाट देश प्रतिगमनतिर गएको आरोप लगाउँदै त्यसका लागि माओवादी केन्द्रको कारणले मात्रै देशको संविधान, गणतन्त्र लगायतको रक्षा भएकोले माओवादीलाई विजय बनाउनुपर्ने कारणसहित जनतमा जानुपर्ने उनको भनाइ थियो ।

माओवादी केन्द्रका नेता एवं लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज चक्रपाणी खनाल (बलदेव) ले लुम्बिनीको पढाधिकारीमा सबै भूगोल, मनोविज्ञानलगायत सबैको सहमतिमा गर्नका लागि केही समय लागे पनि सहमति र सहकार्यताको तरिकाले आगामी दिनमा पार्टीलाई एक ढिक्का भएर अगाडि बढाउन सकिने बताए ।

सबै वर्ग, क्षेत्र, समुदाय लिंगलाई समाहित गरेर निर्वाचनमा जानका लागि उनले निर्देशन गरेका छन् ।लुम्बिनीका मुख्यमन्त्री एवं लुम्बिनी प्रदेश  सहइन्चार्ज कुलप्रसाद केसीले लुम्बिनी माओवादी केन्द्रको उर्वर र उद्गम भूमि भएकाले गर्दा त्यसलाई स्थानीय तहबाट परिणाम दिनका लागि लाग्न आग्रह गरे ।

बैठकले प्रदेश अधिवेशन भएको ४ महिनापछि बुधबार पदाधिकारी चयन गरेको छ । प्रदेश कमिटीको अध्यक्षमा सुदर्शन वराल, उपाध्यक्ष दुर्गा चौधरी, लुमाकान्त न्यौपाने, विरबहादुर खत्री, सचिवमा कृष्ण अधिकारी, सहसचिव अकलबहादुर बम, पार्वति विक, काशीराम यादव र कोषाअध्यक्ष निर्देशन अली चयन भएका छन् ।

पार्टीको बैठकले पार्टी केन्द्रीय सदस्यहरुको जिम्मेवारीमा जिल्लाको इन्चार्ज, सहइन्चार्ज, चैत्र ५ गतेदेखि १५ गतेसम्मको राजनीतिक तथा प्रशिक्षण गर्ने निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष सुदर्शन बरालले सबै पार्टी कार्यकर्ताहरुले अब स्थानीय तहमा विजय बनाउने गरी योजना बनाउने निर्णय गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर