नगरप्रुमख विरुद्ध जातीय विभेद हुने गरी फेसबुकमा लेख्नेलाई दुई महिना कैद – Nepal Press

नगरप्रुमख विरुद्ध जातीय विभेद हुने गरी फेसबुकमा लेख्नेलाई दुई महिना कैद

डोटी । कैलालीको धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडलाई जातीय विभेद हुनेगरी सामाजिक सञ्जालमा लेख्र्ने एकजनालाई दुईमहिनाको कैद सजाय र २० हजार रुपैयाँ जरिजना गरिएको छ ।

उच्च अदालत दिपायलले प्रमुख मेयरविरुद्ध जातीय विभेदहुनेगरी सामाजिक सञ्जालमा लेख्ने कैलालीको बोराडाडीका ओमप्रकाश पाण्डे पाण्डेविरुद्ध सजाय सुनाएको हो ।

उच्च अदालत दिपायलका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको संयुक्त इजलासले सजाय तोकेको उच्च अदालत दिपायलका सूचना अधिकारी नरबहादुर नेगीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार प्रतिवादीले अदालतसमक्ष गल्ती महसुस गरेको अवस्थालाई ध्यान दिँदै न्यूनतम सजाय गर्दा न्यायको मक्सद पूरा हुनेहुँदा उक्त सजाय गरिएको हो ।

पाण्डेले करिव दुई वर्ष अघि २०७७ वैशाख २७ गते आफ्नो फेसबुकमा धनगढी उपमहानगरका प्रमुख वडलाई लक्षित गर्दै जातीय विभेद हुने गरी लेखेपछि प्रहरीमा उजुरी परेको थियो ।

तत्कालीन समयमा पतिराम सोवसहित चार जनाले पाण्डे विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका थिए । त्यसै मुद्दामा कैलाली जिल्ला अदालत कैलालीले २०७७ मङ्सिर ३० गते प्रतिवादी पाण्डेलाई पाँच सय जरिवाना गराएको थियो ।

जिल्ला अदालतको फैसला चित्त नबुझेपछि पीडित पक्षले उच्च अदालत दिपायलमा मुद्धा दायर गरेपछि जिल्ला अदालतको फैसला उल्टाउँदै उच्चले प्रतिवादीलाई दुई महिना कैद र २० हजार जरिवाना तथा पीडित पक्षको वकालत गर्ने संस्थालाई दुइ लाख क्षतिपूर्ति सहितको सजाय सुनाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर