पीएनजीले नेपाललाई दियो २०५ रनको लक्ष्य – Nepal Press
आईसीसी पुरुष विश्वकप लिग-२

पीएनजीले नेपाललाई दियो २०५ रनको लक्ष्य

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको जारी खेलमा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको छ ।

युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित सारजहा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४ रनको योगफल तयार गरेको छ ।

पीएनजीका लागि चार्लेस अमिनिले सर्वाधिक ५९ रनको योगदान गरे । ओपनर टोनी उरा २७ रन र लेगा सियाका २५ रन बनाएर पभेलियन फकिँदा कप्तान आसाद भालाले १९ रन जोडे । नोर्मान भानुवाले २३ रनको योगदान गरे । भने चाड सोपेर ३५ रनमा आउट भए ।

नेपालको बलिङमा सोम्पाल कामीले सर्वाधिक तीन विकेट लिए । कप्तान सन्दीप लामिछाने,ज्ञानेन्द्र मल्ल र आरिफ शेखले समान एक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर