जङ्गली जनावर मार्न थापिएको पासोमा परेर एक जनाको मृत्यु
चार जना पक्राउ
कैलाली । जङ्गली जनावर मार्न थापिएको पासोमा परेर एक जनाको मृत्यु भएको छ ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ का ४५ वर्षीय दलबहादुर पानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।
सोही गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासोमा परेर उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक देवेन्द्र पालले जानकारी दिए ।
घटनामा संलग्न रहेको हुनसक्ने आशंकामा स्थानीय ४ जनालाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको उनले जानकारी दिए ।