भारतले बल्ल पठायो शंकर शर्माको एग्रिमो – Nepal Press

भारतले बल्ल पठायो शंकर शर्माको एग्रिमो

काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माको एग्रिमो तीन महिनापछि आइपुगेको छ । गत कात्तिक ११ गते सरकारले भारतका लागि नेपाली राजदूतमा शर्मालाई सिफारिस गरेको थियो ।

संसदीय समितिबाट अनुमोदन भएपछि परराष्ट्र मन्त्रालयले गत मंसिर २४ मा एग्रिमोका लागि पत्राचार गरेको थियो । शर्मासँगै बेलायतको राजदूत नियुक्त ज्ञानचन्द्र आचार्य र अमेरिकाको राजदूत नियुक्त श्रीधर खत्रीले एग्रिमो लिएर जिम्मेवारी सुरु गरिसकेका छन् ।

भारतले भने ३ महिनापछि मात्रै एग्रिमो पठाएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा गठबन्धन सरकार बनेपछि भारतसहित विभिन्न देशका राजदूतहरू फिर्ता बोलाइएको थियो । रिक्त रहेका अधिकांश देशमा राजदूत नियुक्तिको प्रक्रिया अझै सुरू भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर