नयाँ वर्षमा बजाजको ‘बजाज पाँचको पन्च’ – Nepal Press

नयाँ वर्षमा बजाजको ‘बजाज पाँचको पन्च’

काठमाडौं । बजाज बाइकको आधिकारीक विक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले जित्ने मौका २–३ चोटी हैन ५ चोटी नामक ग्राह योजना ल्याएको छ । कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘बजाज पाँचको पन्च’ नामक ग्राहक योजना ल्याएको हो ।

बजाजले ग्राहकहरुलाई पाँचपटक जित्ने मौका दिँदैछ । बजाजको विज्ञापनलाई आफ्नो फेसबुक पेजमा पोष्ट गरेबापत बाईक किन्ने बेलामा १ हजारको छुट दिने भएको छ । यसैगरी बजाजको शोरुममा गएर आफ्नो छनौटको बाइक रोजेपछि ५० हजारसम्म छुट पाउने मौका कम्पनीले ल्याएको छ ।

यस्तै  ग्राहकले बाइक किन्ने प्रक्रिया आरम्भ गरेपछि फेसबुकमा पोष्ट गरेवापतको, शोरुममा गएर बाइक रोजेवापतको अनि किन्नलाई बुकिंग गर्दा पाइने १ लाखसम्म रकम छुटको रुपमा प्राप्त गर्न सकिने बताइएको छ ।

अफरको बारेमा अरुलाई रिफर गरियो र किन्नेले पनि तपाईंले रिफर गरेको कुरा उल्लेख गरेमा रिफर गर्नेलाई तीनपटक थप फ्रि सर्भिसिंग प्रदान गरिने कम्पनीले जनाएको छ । साथै बम्पर पुरस्कार स्वरुप १० लाखसम्म जित्ने मौका मिल्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर