रुसी हमलामा फक्स न्युजका पत्रकार मारिए – Nepal Press

रुसी हमलामा फक्स न्युजका पत्रकार मारिए

काठमाण्डौं । रुसी हमलामा अमेरिकी सञ्चार माध्यम फक्स न्युज नेटवर्कका दुई पत्रकारको मृत्यु भएको छ । हमलामा अर्का एक जना  पत्रकार घाइते भएका छन् ।

राजधानी किभ नजिकै भएको रुसी सेनाको गोलाबारीमा उनीहरुको मृत्यु भएको फक्स न्युज च्यानलले जनाएको छ ।  मारिनेमा ५५ वर्षीय पियरे जाक्रेजिवस्की र २४ वर्षीया ओलेकसान्द्रा सशा कुभश्यानोभा रहेको जनाइएको छ । युक्रेनी नागरिक कुभश्यानोभा फक्स न्युजका लागि सल्लाहकारका रुपमा काम गर्थिन् ।

हमलामा फक्स न्युजकै संवाददाता बेन्जामिन हल घाइते भएका छन् । गम्भीर घाइते हलको उपचार भइरहेको छ । मारिनेमध्ये पियरे लामो समयदेखिका द्वन्द्व पत्रकार हुन् । उनले इराक युद्धदेखि अफगानिस्तान हुँदै सिरियासम्मको युद्धको समाचार समेटेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर