माछापुच्छ्रे बैंकद्वारा सहिद गंगालाल अस्पताललाई सीसीयु वार्ड हस्तान्तरण – Nepal Press

माछापुच्छ्रे बैंकद्वारा सहिद गंगालाल अस्पताललाई सीसीयु वार्ड हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सीसीयु वार्डको निर्माण गरी अस्पताललाई हस्तान्तरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा सघाउ पुर्‍याउने उद्धेश्यका साथ स्थापना गरेको उक्त २४ शैयाको सीसियु वार्ड अस्पताललाई हस्तान्तरण गरेको हो ।

माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र महतोले सीसीयु वार्ड सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा.चन्द्रमणी अधिकारी लाई हस्तान्तरण गरेका हुन् ।

उक्त सीसीयु वार्ड हस्तान्तरण कार्यक्रममा माछापुच्छ्रे बैंकका संचालक समितीका सदस्यहरु रोशन केसी, विश्वप्रकाश गौतम, मुकुन्द महत, हरिभक्त सिग्देल, बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायत उपस्थिती रहेको थियो ।

बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्‍याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटीएम मार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर