२० रुपैयाँमा पाइने पानी रातारात ३५, डिलर व्यवसायी आन्दोलित – Nepal Press

२० रुपैयाँमा पाइने पानी रातारात ३५, डिलर व्यवसायी आन्दोलित

पोखरा । पोखराका पानी डिलर सञ्चालक आन्दोलित बनेका छन् । नेपाल वाटर व्यवसायी संघले जारको पानीको मूल्य १५ रुपैयाँ बढाए पछि डिलर व्यवसायि आन्दोसलत भएका हुन् ।

विरोध स्वरुप उनीहरुले मंगलबार साँझ पोखरामा जारको पानी बोकेका गाडीसहित प्रदर्शन गरेका थिए । पोखराको अमरसिंहचोकबाट सुरु भएको विरोध प्रदर्शन नयाँबजारस्थित प्रदर्शनी केन्द्रसम्मै गाडी तेर्साएर गरिएको थियो । नेपाल वाटर व्यवसायी संघले सिण्डिकेट लगाएपछि आफूहरु आन्दोलनमा उत्रिनु परेको डिलर सञ्चालक पुरुषोत्तम कँडेलले बताए । यसअघि कम्पनीले २० रुपैयाँमा बेच्दै आएको पानी प्रतिजार ३५ रुपैयाँ पुगेको र यतिधेरै मूल्य बढाउँदा उपभोक्तालाई समस्या पर्ने व्यवसायीको भनाइ छ ।

२० रुपैयाँको पानी रातभरमा ३५ बनाइनु र पानीका जार अरु गाडीले बबोक्न नपाउने निर्णय गर्नुले सरासर सिण्डिकेटभएका कारण आफूहरु आन्दोलनमा उत्रिएको कँडेलको भननाइ छ । संघले मूल्यवृद्धिसँगै फरक कम्पनीको पानी बोक्न नपाउने नियम बनाएको छ । आफ्नै खरिद मूल्य ३५ परेपछि पसललाई कतिमा बेच्नु भन्ने अन्योलमा   परेको उनले बताए ।

बढेको मूल्य फिर्ता नभएसम्म आन्दोलन कायम रहने उनको भनाई छ । पोखरामा हाल उपभोक्ताले प्रतिजार ५० रुपैयाँमा पानी खरिद गर्ने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *