एनआरएनको अध्यक्षमा केसी र थापा भिड्ने, यी हुन् प्रतिस्पर्धी र निर्विरोध उम्मेदवार (सूचीसहित) – Nepal Press

एनआरएनको अध्यक्षमा केसी र थापा भिड्ने, यी हुन् प्रतिस्पर्धी र निर्विरोध उम्मेदवार (सूचीसहित)

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी मार्च २४ मा हुन लागेको निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले तोकेको समयभित्र परेका उम्मेदवारीको अन्तिम सूची मंगलबार प्रकाशन भएको हो ।

एनआरएनएको अध्यक्षमा बद्री केसी र रविना थापाको मनोनयन दर्ता भएको छ । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यले उम्मेदवारी प्रक्रियामा भाग नलिएपछि अब केसी र थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचन समितिका अनुसार उपाध्यक्षहरू साउदी अरबबाट यासमिन बेगम र युवा उपाध्यक्ष रोशन थापा निर्विरोध भएका छन् । बाँकी उपाध्यक्षमा निर्वाचन हुने भएको छ ।

त्यस्तै तीन जना खुला सचिवको लागि बेलायतबाट रामशरण सिम्खडा, जापानबाट अजिब गुरुङ, क्यानडाबाट चिरन्जिवी घिमिरे,अमेरिकाबाट शंकर खड्का, अष्ट्रेलियाबाट अभिमान सिंह बस्नेत उम्मेदवारी दिएका छन् ।
धेरैजसो सदस्य र संयोजमा निर्विरोध भएको छ ।

यस्तै कोषाध्यक्षमा बेल्जियमबाट लोकप्रसाद दाहाल र नेदरल्याण्डबाट फडिन्द्र पन्तबीच निर्वाचन हुँदैछ । सहकोषाध्यक्षमा अमेरिकाबाट यमुना भट्टराई तथा दक्षिण कोरियाबाट यज्ञराज सुवेदी निर्विरोध भएका छन् ।

त्यसैगरी महिला संयोजकमा संगीता मरहठ्ठा, युवा संयोजकमा रविन्द्र खड्का निर्विरोध भए । यस्तै क्षेत्रीय संयोजकमा मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल (जोन), एसिया प्यासेफिकमा पारसमणि पोखरेल, युरोप संयोजकमा सन्तोषकुमार भट्टराई, अमेरिकाज संयोजकमा प्रकाश सापकोटा, अफ्रिका संयोजकमा राजकुमार थापा निर्विरोध निर्वाचित भएका छन् ।

ओसेनिया क्षेत्रीय संयोजक एक पदको लागि लालबहादुर केसी, दीपक शर्मा, दिनेशराज जोशीबीच निर्वाचन हुने भएको छ । यूरोप उपसंयोजक तीन पदको लागि ४ जनाको उम्मेदवारी परेकोमा सागर सुवेदीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ललितकुमार न्यौपाने, डा. नवराज रोस्यारा, चित्रबहादुर सुवेदी निर्विरोध निर्वाचित भए ।

यस्तै एसिया प्यासेफिकमा दुई पदको लागि तीन जनाको उम्मेदवारी परेको छ । दधीवल खड्का, नवीन विक, हरिप्रसाद भट्टराईबीच निर्वाचन हुने भएको छ । यस्तै अमेरिकाजमा अभिमन्यू बस्नेत, पुरुषोत्तम बोहोरा निर्विरोध निर्वाचित भएका छन् । मध्यपूर्वको दुई उपसंयोजक पदमा तीन जनाबीच निर्वाचन हुने भएको छ । लालप्रसाद पुन, अमित राई, कृष्णबहादुर हमालबीच भिडन्त हुने भएको छ ।

अफ्रिका उपसंयोजकमा रामप्रसाद पन्त र ओसेनिया उपसंयोजकमा लागि अशोक केसी र रामराज ओली निर्विरोध भएका छन् । सबै महिला संयोजक निर्विरोध क्षेत्रीय महिला संयोजकमा तृष्णा शर्मा अमेरिका, पानकुमारी मल्ल युरोप, शान्तिदेवी अधिकारी एसिया प्यासेफिक, उषाकिरण बरियाले ओसेनिया संयोजकमा उम्मेदवारी दिएका छन् ।

उपसंयोजकमा इन्दिरा त्रिपाठी अमेरिकाज, डा. इन्दिरा तिवारी एसिया प्यासेफिक उपसंयोजकमा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै क्षेत्रीय युवा संयोजकमा किरण गुरुङ – युरोप, स्वराज खाती- क्षेत्रीय युवा संयोजक, दिपकप्रसाद कंडेल एसिया प्यासेफिक, रोजनराज घिमिरे- अफ्रिका र प्रदीप रुपाखेतीले ओसेनिया युवा संयोजकमा निर्विरोध भए । संयोजकमा युरोपबाट रोबट लिम्बू र अमेरिका युवा उपसंयोजकमा ईश्वर खत्री निर्विरोध भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर