गगन थापाद्वारा शहरी स्वास्थ्य केन्द्र उद्घाटन, स्वास्थ्यको हक स्थापितमा जोड (भिडिओ) – Nepal Press

गगन थापाद्वारा शहरी स्वास्थ्य केन्द्र उद्घाटन, स्वास्थ्यको हक स्थापितमा जोड (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधानमा उल्लेख नागरिकको स्वास्थ्यको हकलाई स्थापित गर्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको उद्घाटन गर्दै नागरिकको स्वास्थ्यको हकलाई स्थापित गर्न जनप्रतिनिधिले पनि सकारात्मक भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

निर्वाचनमा उठ्दै गर्दा पूर्वाधार निर्माणमा प्रतिबद्धता जनाएसँगै जनताको स्वास्थ्यको अधिकार स्थापित गर्ने प्रतिबद्धता जनाउनुपर्ने थापाको भनाइ छ । सहुलियतमा स्वास्थ्य उपचारका लागि महानगरले पनि आवश्यक काम गर्नुपर्ने थापाले सुझाव दिए ।

महामन्त्री थापाले जनताको स्वास्थ्य समस्याका आधारमा वडा वडामा स्वास्थ्य पूर्वाधार तयार हुनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर