एमाले धादिङ-काठमाडौं सम्पर्क मञ्चमा पाण्डे नेतृत्वको नयाँ कमिटी चयन – Nepal Press

एमाले धादिङ-काठमाडौं सम्पर्क मञ्चमा पाण्डे नेतृत्वको नयाँ कमिटी चयन

काठमाडौं । नेकपा (एमाले) धादिङ-काठमाडौं सम्पर्क मञ्चको ११औँ सम्मेलनबाट नयाँ नेतृत्व चयन भएको छ ।

अधिवेशनले अध्यक्ष पदमा सञ्जीव पाण्डेलाई सर्वसम्मत चयन गरेको छ । उपाध्यक्ष अर्जुन तिमल्सिना र सीता कँडेल पनि सर्वसम्मत भएका छन् ।

यसैगरी सचिव पदमा कमल थापामगर तथा उपसचिवमा होमप्रसाद जमकट्टेल र सङ्गीता कार्की निर्वाचित भएका छन् कोषाध्यक्षमा शिव सेढाईं चयन भएको सम्पर्क मञ्चले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर